नेपाल । नेपाल आयल निगमले बुधबारदेखि भरी सिलिन्डर ग्यास (१४.२ केजी) बिक्री शुरु गरेको छ ।
यसअघि निगमले २९ फागुनबाट ७.१ केजी मात्र (आधा) ग्यास दिँदै आएको थियो।
निगमले मंगलबार एक सूचना जारी गरी १४.२ केजी (पूरा मूल्य २ हजार ६० रुपैयाँ) मा बिक्री वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ ।
७.१ केजीको ग्यास सिलिन्डर पूर्णरुपमा प्रतिस्थापन नहुँदासम्म भने दुवै सिलिण्डरको बिक्री हुने छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्