२८ असार २०८३, आईतवार

काठमाडौं बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

कोलोराडोखबर संवाददाता , July 12th, 2026

नेपाल । काठमाडौँको बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको पनि उपचारका क्रममा निधन भएको छ ।

उनको उपचारका क्रममा शनिबार दिउँसो वीर अस्पतालमा निधन भएको उपचारमा संलग्न डाक्टर पियुष दाहालले जानकारी दिए ।

प्रहरीका अनुसार राउतको आफ्नो छोरासँग विवाद भएको थियो । विवादपछि उनले भान्सामा गएर आत्मदाहको प्रयास गरेका थिए। उनको शरीर ५५ प्रतिशत जलेको अस्पतालले जानकारी दिएको थियो।

यसअघि बिहीवार त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएका गणेश नेपालीको शुक्रबार उपचारका क्रममा निधन भएको थियो।

सर्लाहीमा आत्मदाह प्रयास गरेका ४२ वर्षीय विवेक मण्डलको भने कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्