नेपाल । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएका कमीकमजोरी हटाएर अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्।
पोखरामा बुधबार आयोजित गण्डकी प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा उनले प्रदेश, जिल्ला तथा पालिका र वडातहसम्म संगठन विस्तार गरेर महाधिवेशनसम्म पार्टीलाई नयाँ उचाइमा पुर्याउने अठोट व्यक्त गरे।
आगामी महाधिवेशन सामान्य र नेतृत्व चयनमा मात्र केन्द्रित नभई वैचारिक र सङ्गठनको हिसाबले क्रमभङ्ग गर्ने गरी अघि बढ्ने उनले बताए।
पार्टीका सहसंयोजक माधवकुमार नेपालले अहिलेकै अवस्थामा कम्युनिष्ट पार्टीहरूका बीचमा एकता सम्भव नरहेको बताए। राष्ट्रियतामाथि सङ्कट आउने अवस्था देखिएकाले वामपन्थी दलहरूबीच सहकार्य हुने उनले उल्लेख गरे।
कार्यक्रममा नारायणकाजी श्रेष्ठ, देव गुरुङ, हितराज पाण्डे‚ देवेन्द्र पौडेल, श्रीनाथ बराल, ज्ञानु आचार्य, शिव बास्तोला, कृष्ण नेपाली, गायत्री गुरुङलगायतले बोलेका थिए।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्