१० असार २०८३, बुधबार

अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख रुपैयाँ जरिवाना !

कोलोराडोखबर संवाददाता , June 24th, 2026

नेपाल । गृहमन्त्री सुधन गुरुङले मंगलबार बिहान ब्रेकफास्ट खाँदा अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख रुपैयाँ जरिवाना गराइएको छ ।

अनुगमन गर्न जाँदा गुणस्तरहीन तेलको प्रयोग गरिएको र तरकारी ताजा नभएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरको एयरपोर्ट अगाडि रहेको होटल लर्ड्स बिजनेस कम्प्लेक्स प्रालिलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारीसहित खाद्य तथा गुणस्तर मापन कार्यालयको टोलीले होटलमा अनुगमन गरेको थियो।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मदन लामा थिङले उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने खाद्यान्न खुवाएको पाइएकाले जरिवाना गरिएको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्