५ असार २०८३, शुक्रबार

पूर्वसभामुख कृष्णबहादुर महराद्वारा सक्रिय राजनीति छाडेको घोषणा

कोलोराडोखबर संवाददाता , June 19th, 2026

नेपाल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले नेकपाको सक्रिय राजनीति छाडेको घोषणा गरेका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका हुन्। उनले साधारण सदस्य भने रहिरहने उल्लेख गरेका छन्।

विगत ४८ वर्षदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा निरन्तर सक्रिय रहँदै आएका महराले आफू ‘एट्रोफी’सम्बन्धी नसा र मांसपेशीको समस्याबाट पीडित रहेको उल्लेख गरेका छन्।

नियमित उपचार, थेरापी र औषधि सेवन गर्दा पनि स्वास्थ्यमा अपेक्षित सुधार नभएको जनाउँदै उनले ‘स्वास्थ्य अवस्थाले अपेक्षित साथ दिन नसकेको बताएका छन्।

उनले आफ्नो निर्णय कुनै राजनीतिक असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभइ विशुद्ध स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थिति भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्