४ असार २०८३, बिहीबार

सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल जेल चलान

कोलोराडोखबर संवाददाता , June 18th, 2026

नेपाल । सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ।

बुधबार अदालतको आदेशसँगै उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ । उनीहरूमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा थुनछेक बहस सकिएपछि अदालतले बुधवार थुनामा पठाउने आदेश दिएको हो।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्य उमेश कोइराला र विदुर कोइरालाको इजलासले उक्त आदेश दिएको हो ।

उक्त मुद्दाका ३९ प्रतिवादी मध्ये ३४ जना व्यक्ति र ५ वटा कम्पनी थिए । भट्टलाई २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ बिगो कायम गरेको थियो ।

अग्रवाललाई २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ र गोल्छालाई ५२ करोड ५० लाख बिगो कायम गरिएको थियो ।

प्रहरीले भट्टलाई चैत १९ गते, अग्रवाललाई चैत २२ गते सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्