नेपाल । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीमा शुद्धीकरण, सुदृढीकरण र पुनर्जागरण आवश्यक रहेको बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सोमबार आयोजित नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यलाई पद हस्तान्तरणका लागि आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले अहिले पार्टीमा आम निर्वाचन २०८२ को समिक्षा गर्ने तथा पार्टीलाई पुनर्गठनका दिशामा कसरी अगाडि बढाउनु पर्दछ भन्ने विषयमा पार्टी पङ्तिको भावनाको कदर गर्दै कार्यदलको तर्फबाट सुझाव सङ्कलन गर्ने कार्य भइरहेको बताउनुभयो । पार्टी नयाँ ढङ्गबाट अगाडि बढ्नु पर्छ भन्ने मान्यताको पक्षमा रहेको उहाँको भनाइ छ ।
उहाँले सूचना, प्रविधिको अधिकतम प्रयोग गरी विचारधारामा आधारित आन्दोलनको पक्षमा जनमत निर्माण गर्नुपर्ने बताउनुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्