१ असार २०८३, सोमबार

विश्व रक्तदाता दिवसको अवसरमा नेपाली घर कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न

कोलोराडोखबर संवाददाता , June 15th, 2026

-नातिबाबु भट्ट (कोलोराडो अमेरिका) । विश्व रक्तदाता दिवस तथा ब्लड डोनर्स अफ अमेरिकाका संस्थापक अध्यक्ष स्व. अर्जुन मैनालीको स्मृतिमा कोलोराडोमा विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

नेपाली समुदायको साझा चौतारी नेपाली साँस्कृतिक केन्द्र ‘नेपाली घरमा ब्लड डोनर्स अफ अमेरिका ( BDA ) को आयोजना, नेपाली घरको सहकार्य तथा भाइटल्यान्ट (Vatalant) को प्राविधिक सहयोगमा सफलतापूर्वक रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

बिहान ९ बजे देखी दिउसो १२ बजेसम्म संचालन भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरू मध्ये गायिका संझना पाण्डे लगायत केही दाताहरूले पहिलो पटक दान गरेका थिए भने ब्लड डोनर्स अफ अमेरिका का वरिष्ठ उपाध्यक्ष टिका पौडेले यस संगै ४३ पटक रक्तदान गरेका थिए ।

‘रक्तदान जीवनदान’ भन्ने पवित्र भावनालाई आत्मसात गर्दै रक्तदान गर्नेहरूमा नारायण पोख्रेल, फणेन्द्र क्षेत्री, लुना लुइटेल पौडेले, गुनराज घिमिरे, संझना पाण्डे, टिका पौडेले, नुरहरी पोख्रेल, बिमला पौडेले, शुधा भण्डारी, दिलकुमारी श्रेष्ठ, विजयदेव अधिकारी, उपेन्द्र घिमिरे, बिष्णुराज घिमिरे, विकाश त्रीपाठी, समिका डिस्कोल, स्थानिय Clara Schaya, शुरज लामीछाने, उषा लंम्साल, लक्षुमन रिजाल, नवराज मरासेनी र किसाम थापा रहेका छन् ।

कार्यक्रममा नेपाली भाषी समुदायका सामाजिक अभियन्ताहरू, बुद्धिजीवीहरू, व्यवसायीहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, पत्रकार, तथा ब्लड डोनर्स अफ अमेरिकाका निवर्तमान केन्द्रीय अध्यक्ष, केन्द्रीय तथा च्याप्टरका पदाधिकारीहरूको सक्रिय उपस्थिति र सहभागिताले कार्यक्रमलाई अझ व्यवस्थित, प्रभावकारी र प्रेरणादायी बनाएको थियो।

यस रक्तदान कार्यक्रममा दुई जना दाताहरू नारायण पोखरेल र विष्णु राज घिमिरे (Plasma Donor) रेड ब्लड सेल दान गरेका थिए । जुन अत्यन्त विशेष र प्रशंसनीय योगदान मानिन्छ ।

यसैबिच ब्लड डोनर्स अफ अमेरिका कोलोराडो च्याप्टरका अध्यक्ष नवराज मरासेनीने कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुर्याउनुहुने नेपाली घरका अध्यक्ष बसन्त लंम्साल, वरिष्ठ उपाध्यक्ष गंगा चौलागाईंले , महासचिव भोला कटुवाल, पुष्करराज बस्नेत BDA का केन्द्रीय सल्लाहकार भूषणलाल श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष टिका पौडेले, कार्यसमितिका साथीहरू, पत्रकार नातीबाबु भट्ट, कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाता, स्वयंसेवक, सहयोगी संस्था शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता मानवीय सेवामूलक कार्यक्रमहरूमा निरन्तर साथ, सहयोग र सहभागिताको अपेक्षा गरेका छन् ।

बीडीए कोलोराडोको आयोजनामा विगत लामो समयदेखि नै रक्तदान तथा सामाजिक सेवाका कार्यक्रमहरू सक्रिय रूपमा सञ्चालन हुदै आएको छ । स्व.अर्जुन मैनालीको नेतृत्वमा ब्लड डोनर्स अफ अमेरिका (BDA) सन् २००९ मा स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्