३१ जेष्ठ २०८३, आईतवार

बीबीसीको मास्टर्स सेफ विजेता सन्तोष साह पक्राउ

कोलोराडोखबर संवाददाता , June 14th, 2026

नेपाल । बीबीसीको सन् २०२१ मा बीबीसीको मास्टर्स सेफ विजेता सन्तोष साह पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले साहलाई धनुषाको मिथिला थाली रामानन्द चोकबाट पक्राउ गरेको हो । शुक्रबार राति उनी समातिएका हुन् ।

काठमाडौँका रेष्टुरेन्ट खरिद गर्दा दिइएको चेक अनादर ठगी कसुरमा साह पक्राउ परेका हुन् ।

उनलाई जिल्ला अदालत काठमाडौँबाट अनुमति लिएर पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्