२९ जेष्ठ २०८३, शुक्रबार

पूर्वप्रधानमन्त्रीहरुसँग संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा छलफल

कोलोराडोखबर संवाददाता , June 12th, 2026

नेपाल । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र’ तयारी कार्यदलले बिहीबार पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको छ ।

सुझाव सङ्कलनका क्रममा संयोजक शाहसहितको कार्यदलको टोली ललितपुरको मानभवनस्थित पुष्पकमल दाहालको निवास पुगेको थियो ।

सोही निवासमा पूर्वप्रधानमन्त्रीत्रय दाहाल, नेपाल र खनालको उपस्थितिमा कार्यदलले सामूहिक छलफल गरेको हो ।

प्रतिक्रिया दिनुहोस्