नेपाल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह सहितका व्यक्तिहरूविरुद्ध झुटा विवरणका आधारमा नागरिकता दिलाएको कसूरमा विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
नगर प्रमुख सिंहले सरकारी कर्मचारी र गृह मन्त्रालयको छानबिन समितिका पदाधिकारीहरूसँग समेतको मिलेमतोमा सिन्धुपाल्चोककी रीता भट्टराईकी छोरीलाई आफ्नी छोरी ‘रुविना श्रेष्ठ’ कायम गरी गैरकानूनी रूपमा नेपाली नागरिकता दिलाएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्ति अनुसार यो गम्भीर प्रकरणमा संलग्न जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र बिचौली गरी सबै पक्षलाई विपक्षी बनाई मुद्दा दर्ता गरिएको हो ।
उनीविरुद्ध मुद्धा परेसँगै उनी निलम्बनमा परेका छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्