१० जेष्ठ २०८३, आईतवार

भदौ २३ र २४ गतेको घटनाको सत्य लुकाउने प्रयास लोकतन्त्रका लागि घातक हुन्छः सभापति थापा

कोलोराडोखबर संवाददाता , May 24th, 2026

नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्नुभएको छ ।

शनिबार विराटनगरस्थित ऐतिहासिक कोइराला निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउन न्यायिक आयोग गठन गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

सरकारले मानव अधिकार आयोगको प्रतिवेदन जानीजानी लुकाएको र आयोगमाथि ठुलो दबाब सिर्जना गरेको आरोप लगाउँदै थापाले भन्नुभयो, “प्रतिवेदनमा के छ, त्यो तत्काल सार्वजनिक हुनुपर्छ । सत्य लुकाउने प्रयास लोकतन्त्रका लागि घातक हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्