-नातिबाब भट्ट (कोलोराडो, अमेरिका) । Blood Donors of America (BDA USA) को दोस्रो वार्षिक साधारण सभा (2nd AGM) आगामी मे २५, तारिक सोमबार कोलोराडोमा आयोजना हुने भएको छ ।
नेपाली साँस्कृतिक केन्द्र नेपाली घरमा आयोजना हुने कार्यक्रममा Blood Donors of America का केन्द्रीय कार्यसमिति, सल्लाहकार, राज्य अध्यक्षहरू, आजीवन सदस्यहरू तथा BDA परिवारका सम्पूर्ण सदस्यहरूलाई हार्दिक निमन्त्रणा गरिएको बिडिए कोलोराडो च्याप्टरका अध्यक्ष नवराज मरासेनीले बताएका छन् ।
अमेरिकाका विभिन्न राज्यहरूबाट प्रतिनिधिहरूको सहभागिता रहने AGM बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुनेछ । आयोजकले सबै सदस्य, शुभेच्छुक तथा समुदायलाई उपस्थित भई कार्यक्रम सफल बनाउन आग्रह गरेका छन् ।
यसै अवसरमा BDA Colorado Chapter र International Nepali Literary Society (INLS Colorado Chapter) को संयुक्त आयोजनामा मे २४, २०२६ मा रक्तदान कार्यक्रम पनि आयोजना गरिने भएको छ ।
रक्तदान कार्यक्रम Drury Plaza Hotel Denver Westminster मा बिहान ८ बजेदेखि १०.३० बजेसम्म सञ्चालन हुने अध्यक्ष मरासेनीले बताएका छन् ।
उनले सम्पूर्ण नेपाली समुदाय, BDA परिवार , आजीवन सदस्य तथा शुभेच्छुकहरूलाई AGM र रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाउन अनुरोध गरेका छन् ।
“रक्तदान गरौं, जीवन बचाऔं” भन्ने मूल नारासहित आयोजना हुने AGM तथा रक्तदान कार्यक्रम सफल बनाउन सबैको साथ र सहभागिताको अपेक्षा गरिएको छ ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्