३० बैशाख २०८३, बुधबार

सभामुखको सिफारिसमा प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

कोलोराडोखबर संवाददाता , May 13th, 2026

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदमुक्त गरेका छन्।

सभामुख डोलप्रसाद अर्यालले वैशाख २८ गते राईलाई पदबाट हटाउन गरेको सिफारिसका आधारमा राष्ट्रपतिले मंगलबार हटाएका हुन् ।

संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उनलाई पदबाट हटाइएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्