नेपाल । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दागर्दै प्रधानमन्त्री वालेन्द्र साह बालेन भने संसदबाट बाहिरिए ।
सरकारको महत्वपूर्ण नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गरिरहँदा त्यस्तो के आपत् आइलाग्यो अहिलेसम्म प्रधानमन्त्रीको सचिवालयले कुनै जानकारी दिएको छैन ।
अरू मन्त्री र सांसदहरूले नीति तथा कार्यक्रम सुनिरहेका बेलामा बालेन भने बाहिरिएका थिए । राष्ट्रपतिले सम्बोधन गरिरहँदा कोही पनि भित्र बाहिर नगर्ने संसदको मर्यादाभित्र पर्छ ।
राष्ट्रपतिले नीति तथा कार्यक्रम बाचन गरिरहँदा प्रधानमन्त्री बैठकबाट बाहिरिएको घटनालाई लिएर सामाजिक सञ्जाल तात्न थालेको छ । बालेनको यो कार्यको तीब्र आलोचना भइरहेको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्