कोलोराडो । अमेरिकाको कोलोराडोमा २४ मे आईतवार विहान ९ बजेदेखि दिउँसो १ बजेसम्म रक्तदान कार्यक्रम हुने भएको छ ।
कोलोराडोमा हुन लागेको नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको अवसरमा ब्लड डोनर्स अफ अमेरिका (बीडीए) कोलोराडो च्याप्टरले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय समिति र अनेसास कोलोराडो च्याप्टरसंगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो ।
बीडीए कोलोराडो च्याप्टरका अध्यक्ष नवराज मरासिनीका अनुसार साहित्य सम्मेलन आयोजनास्थल वेष्टमिनिस्टरस्थित डु«री प्लाजामा ‘रक्तदान जीवन दान’ भन्ने मूलमन्त्र सहित आयोजना गर्न लागिएको रक्तदान कार्यक्रममा सहभागी अनुरोध गरेका छन् ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्