२५ बैशाख २०८३, शुक्रबार

तोडियो वरियता: डा. मनोज शर्मा नयाँ प्रधानन्यायाधीशमा सिफारिस

कोलोराडोखबर संवाददाता , May 8th, 2026

नेपाल । सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा नयाँ प्रधानन्यायाधीशमा सिफारिस भएका छन्।

संवैधानिक परिषदको बिहीबार बसेको बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गरेको हो ।

वरीयतामा क्रमभंग गर्दै रोलक्रमको चौथो नम्बरमा रहेका न्यायाधीश शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका हुन्।

यसअघि वरिष्ठ न्यायाधीशलाई नै सिफारिस गरिन्थ्यो । संसदीय सुनुवाइ समितिले अनुमोदन गरे उनी ३३औँ प्रधानन्यायाधीश बन्ने छन् ।

वरीयतामा पहिलो नम्बरमाम सपना मल्ल प्रधान थिइन् । प्रधानन्यायाधीश सिफारिसलाई लिएर विभिन्न क्षेत्रबाट फरकफरक प्रतिक्रिया आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्