२४ बैशाख २०८३, बिहीबार

आफ्नो अनुकुल व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन जालझेल गरिरहेको गगन थापाको आरोप

कोलोराडोखबर संवाददाता , May 7th, 2026

नेपाल । नेपाली कांग्रेस सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र साह (बालेन) माथि आफ्नो अनुकुल व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन जालझेल गरिरहेको आरोप लगाएका छन् ।

बुधबार पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत प्रधानमन्त्रीले आफ्नो पक्ष नियुक्ति गर्न खोजेको जिकिर गरे ।

थापाका अनुसार संसद् अधिवेशन आह्वान र अन्त्य गर्ने प्रक्रियासमेत योजनाबद्ध रूपमा प्रयोग गरी इच्छाएको व्यक्तिलाई प्रधानन्यायाधीश बनाउने प्रयास भइरहेको छ ।

उनले संवैधानिक परिषद्लाई नियन्त्रणमा राख्न कानून नै संशोधन गरिएको आरोपसमेत लगाए ।

प्रतिक्रिया दिनुहोस्