२९ चैत्र २०८२, आईतवार

विद्यार्थी संगठनहरूलाई खारेज गर्नु हुँदैनः नेकपा

कोलोराडोखबर संवाददाता , April 12th, 2026

नेपाल । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले विद्यार्थी संगठनहरूलाई खारेज गर्न नहुने निष्कर्ष निकालेको छ। एकहप्ता लामो बसेको पार्टीको केन्द्रीय कार्यसंयोजन समिति बैठकले यस्तो निष्कर्ष निकालको नेता जगन्नाथ खतिवडाले जानकारी दिए।

सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने तयारी गरेको छ। त्यसप्रति राजनीतिक दलनिकट विद्यार्थी संगठनहरूले आपत्ति जनाउँदै आएका बेला नेकपाले पनि यो विषय बेठिक भएको निष्कर्ष निकालेको हो।

नेकपाको केन्द्रीय कार्यसंयोजन समितिको अर्को बैठक ३ वैशाखमा बस्नेछ । उक्त बैठकका बाँकी निष्कर्ष र निर्णयहरू पनि त्यतिबेलै सार्वजनिक हुने नेता खतिवडाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्