१६ फाल्गुन २०८२, शनिबार

कोलोराडोमा हुने नेपाली साहित्य सम्मेलनलाई सफल पार्न स्पोन्सर ग्रहण गरी सहयोग गर्न अनुरोध

कोलोराडोखबर संवाददाता , February 28th, 2026

कोलोराडो । आगामी मे २२ देखि २४ सम्म अमेरिकाको कोलोराडोमा हुन लागेको नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनलाई भव्यरुपमा सम्पन्न गर्न स्पोन्सर ग्रहण गरी सहयोग गर्न अनुरोध गरिएको छ ।

अनेसास कोलोराडो शाखाका अध्यक्ष किरण अधिकारीले ५००० डलरको डाइमण्ड, ३००० डलरको प्लाटिनम, २००० डलरको गोल्ड, १००० डलरको सिल्भर र ५०० डलरको ब्रञ्च मध्ये कुनै एक स्पोन्सर ग्रहण गरी सहयोग गरिदिन अनुरोध गरेका छन् ।

अनेसास केन्द्रीय समितिको आयोजना र कोलोराडो शाखाको संयोजनमा नवौं अन्तर्राष्ट्रिय साहित्य सम्मेलन अमेरिकाको कोलोराडोमा सन् २०२६ को मे २२–२५ सम्म आयोजना गरिने लागेको केन्द्रीय महासचिव राजु सिटौलाले जनाएका छन् ।

सम्मेलनको तयारीको शिलशिलामा अनेसासको केन्द्रीय कोषाध्यक्ष तारा अधिकारीको संयोजकत्वमा आर्थिक समिति गठन भएको छ । उक्त उपसमितिको सदस्यहरुमा रमेश गुरुङ, वासुदेव खनाल, प्रकाश पौडेल, राज ढुङ्गाना, जगदीश ढकाल, शान्ति भुषाल, शर्मिला शर्मा र सुशील दाहाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्