२१ चैत्र २०८२, शनिबार

कोलोराडोमा महाशिवरात्रीको अवसरमा भजन कृतन तथा प्रवचन कार्यक्रम सम्पन्न

कोलोराडोखबर संवाददाता , February 17th, 2026

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । महाशिवरात्रीको पावन अवशरमा कोलोराडो स्थित नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा भजन कृतन, प्रवचन तथा आरतीसंगै आरध्यदेव शिवको आरधान गर्दै भब्यताका साथ महाशिवरात्री पर्व मनाइएको छ ।

भगवान शिवको महिमालाई स्मरण , भक्ति, श्रद्धा , आध्यात्मिक ऊर्जा साटासाट तथा भजन कृतन, प्रवचन र आरती सहित सम्पूर्ण श्रद्धालु भक्तजनहरूले शिवरात्री पर्व मनाएका हुन् ।

नेपाली घरको आयोजना तथा कोलोराडोस्थित बिभिन्न संघ संस्था तथा दाताहरूको सहयोगमा आइतवार दिउँसो ४ बजेदेखी राती ८ बजे सम्म कार्यक्रम आयोजनामा गरिएको हो । कार्यक्रममा शिवको भजन तथा कीर्तन, दीप प्रज्वलन , आरती तथा प्रसाद वितरण कार्यक्रम गरिएको थियो ।

नेपाली घरका रिसोर्स तथा फेसिलिटी अफिसर पुस्कर बस्नेतको संयोजनमा नेपालीभाषी समुदायको आस्थाको केन्द्र नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजित कार्यक्रममा पंण्डित जिवन बराल गुरूद्वारा सुमधुर भक्तिसगीत संगै प्रवचन तथा गुरू श्याम खनालबाट शिवको महिमा प्रश्तुत गरिएको थियो ।

कार्यक्रममा कोलोराडो बाल भजन मण्डली, शिवशक्ति भजन समुह, सिष्टर ग्रुप दिदीबहिनी समुह कोलोराडोले सुन्दर भजन प्रश्तुत गरेका थिए । बिशेष गरी कोलोराडो बाल भजन मण्डलीका बाल कलाकारहरूको प्रश्तुतीले सबैको मन जितेको थियो ।

भगवान शिवको आर्शिवाद प्राप्तिसंगै भक्ति र एकताको संन्देश प्रवाह गरेको कार्यक्रममा कोलोराडोका सफल ब्यावसायी तथा समाजसेवी दाता दिनेश भट्टराइ तथा मन्जु भट्टराइले उक्त समारोहमा सामुदायिक केन्द्र भवनको लागी आकर्षक गजुर खरिदगरी नेपाली सांस्कृतिक केन्द्र नेपाली घरलाइ सहयोग स्वरूप हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा नेपाली घरका अध्यक्ष बसन्त लंम्सालले दाताहरू दिनेश भट्टराइ तथा मन्जु भट्टराइ लगायत कार्यक्रम सफल बनाउन तन मन धनबाट सहयोग पुर्याउनुहुने सबैलाइ धन्यवाद दएका थिए ।

फाल्गुन कृष्ण चतुर्दशीमा मनाइने भगवान् शिवको सबैभन्दा ठूलो र प्रिय पर्व हो । जसलाई शिवको रात वा शिवरात्रि पनि भनिन्छ । यस रात शिवजीको पूजा आराधना, बेलपत्र अर्पण र रातभर जागरण बसी, व्रत बसेर भगवान् शिवलाई प्रसन्न तुल्याउने गरिन्छ । नेपालमा पशुपती नाथ लगायत शिव मन्दिरहरूमा बिशेष मेलालाग्ने गर्दछ ।

कोलोराडोमा रहेका बिभिन्न हिन्दु सनातन मन्दिरहरूमा पनि श्रद्दालुहरू जम्माभइ जप तप भजन कृतन गर्दै शिवरात्री मनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्