१९ माघ २०८२, सोमबार

कोलोराडोमा महाशिवरात्रीको अवसरमा भजन, कृतन र प्रवचन हुँदै

कोलोराडोखबर संवाददाता , February 2nd, 2026

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । महाशिवरात्रीको पावन अवशरमा कोलोराडो स्थित नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा भजन कृतन, प्रवचन तथा आरती संगै महाशिवरात्री पर्व मनाइने भएको छ ।

भगवान् शिवको महिमालाई स्मरण गर्दै, भक्ति, श्रद्धा र आध्यात्मिक ऊर्जा साटासाट गर्ने यस शुभ अवसरमा सम्पूर्ण श्रद्धालु नेपालीभाषी दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा गरिएको छ ।

आगामी फाल्गुन कृष्ण चतुर्दशी वा महाशिवरात्री पर्वको दिन फेब्रुअरी १५ तारिक आइतवार दिउसो ३ः३० बजेदेखी साझ ७ः३० बजेसम्म कार्यक्रम आयोजनामा गर्न लागिएको हो । नेपाली घरको आयोजनामा हुनलागेको कार्यक्रममा शिवको भजन, कीर्तन, महामृत्युन्जय मन्त्र जप , दीप प्रज्वलन , आरती तथा प्रसाद वितरण कार्यक्रम रहेको नेपाली घरका रिसोर्स तथा फेसिलिटी अफिसर पुस्कर बस्नेतले बताएका छन् ।

नेपालीभाषी समुदायको आस्थाको केन्द्र नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजनाहुने कार्यक्रममा पंण्डित जिवन बराल गुरूद्वारा सुमधुर भक्तिसगीत संगै प्रवचन तथा शिवको महिमा वाचन गरिने कार्यक्रम रहेको छ । भगवान् शिवको आर्शिवाद प्राप्ति संगै भक्ति र एकताको संन्देश प्रवाह गर्ने कार्यक्रममा उपस्थितीकोलागी सबैलाइ अनुरोध गरिएको बस्नेतले बताएका छन् ।

फाल्गुन कृष्ण चतुर्दशीमा मनाइने भगवान् शिवको सबैभन्दा ठूलो र प्रिय पर्व हो । जसलाई शिवको रात वा शिवरात्रि पनि भनिन्छ । यस रात शिवजीको पूजा आराधना, बेलपत्र अर्पण र रातभर जागरण बसी, व्रत बसेर भगवान् शिवलाई प्रसन्न तुल्याउने गरिन्छ । नेपालमा पशुपती नाथ लगायत शिव मन्दिरहरूमा बिशेष मेलालाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्