-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अमेरिकाको कोलोराडोमा सकृय नेपालीभाषी समुदायको जेठो सामाजिक संस्था रकी माउन्टेण्ड फ्रेन्डस् अफ नेपालको हालै सम्पन्न कार्यसमितिको बैठकले ७ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।
संस्थाको बैठकबाट सर्बसम्मत चयन भएका सल्लाहकार समितिका सदस्यहरुमा निलम श्रेष्ठ, चन्द्रमान गुरुङ, धर्मराज श्रेष्ठ, संजय सिंह, शोम बराल, राज ढुङ्गाना र टिका पौडेल रहेका छन् ।
कोलोराडोको नेपालीभाषी समुदायमा रहेर बिभिन्न सामाजिक क्षेत्रमा योगदान पु¥याउनुहुने समाजसेवी महानुभावहरुलाई संगटेर सल्लाहकार समिति चयन गरिएको संस्थाका अध्यक्ष आकृती राइले बताएकी छिन् ।
संस्थाले कोलोराडोमा नेपाली भाषा संस्कृती संरक्षण र पहिचानको लागी बडादशैं, नेपाली नयांबर्ष लगायत बिभिन्न चाडपर्वहरुमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
त्यसैगरी संस्थाले नेपाल र नेपालीको पहिचाहनको लागी नेपाली परेड, समर पिकनिक लगायतका कार्यक्रम आयोजना गर्ने, नेपाली समुदायको हकहितको र सहयोगको लागी स्थानिय सरकार संग सम्न्वय गर्ने, नेपाली समुदायका सदस्यहरुलाई सहयोग आवश्यक परेमा अन्य संघ संस्थाहरु संग समन्वय गरि सहयोग जुटाउने जस्ता कार्यक्रम गर्दै आईरहेको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्