१७ माघ २०८२, शनिबार

कोलोराडोमा ११६औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाईंदै

कोलोराडोखबर संवाददाता , January 30th, 2026

कोलोराडो । एनआरएनए कोलोराडो च्याप्टरको आयोजनामा ११६औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइने भएको छ ।

यस गौरवपूर्ण अवसरमा महिलाहरूको सशक्तीकरण, मित्रता र आपसी एकताको सन्देश बोकेर ८ मार्चका दिन एक विशेष कार्यक्रम आयोजना गरिएको च्याप्टर अध्यक्ष निमा शेर्पाले जनाएका छन् ।

उक्त दिन कार्यक्रम दिउँसो १ बजेदेखि नेपाली घरमा आयोजना हुने र सो कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाइदिन हुन कोलोराडोवासी सबैलाई अध्यक्ष शेर्पाले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्