नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सोमबारदेखि आफ्नो क्षेत्र सर्लाही–४ मा चुनावी प्रचार सुरू गरेका छन् । एक भिडिओ सन्देशमार्फत् थापाले काठमाडौं ४ को माया, भरोसा र शुभेच्छासहित सर्लाहीमा आएको बताएका छन् ।
उनले पहिलो संविधानसभा चुनावमा समानुपातिक सूचीमा रहँदादेखि ७९ सम्म काठमाडौं ४ मा निरन्तर जोडिएको सन्दर्भहरू उल्लेख गरेका छन् । आफू भर्खर पार्टीको सभापति भएको र यो पटक काठमाडौं ४ झन् सहज छ छोड्नु हुँदैन भनेर साथी र शुभेच्छुकले आग्रह गरेको थापाले बताएका छन् ।
काठमाडौंमा जन्मीहुर्की सहरको जीवन र सार्हो गार्हो बुझेको मौका पाएको भन्दै उनले राष्ट्रिय पार्टीको जिम्मेवारी निर्वाह गरिरहँदा मधेशसँगको सम्बन्ध प्रगाढ बनाउनु पर्छ तीव्र इच्छा जागेको बताएका छन् ।
सिङ्गो देशको हुनका निम्ति मैले एकपटक मधेशको माटो राम्रोसँग ढोग्नुपर्छ, टेक्नुपर्छ र आशीर्वाद लिनुपर्छ भनेर सोचसहित सर्लाही ओर्लिएको उनको प्रष्टोक्ति छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्