९ माघ २०८२, शुक्रबार

सिड्नीको पश्चिममा गोली चल्दा तीन जनाको मृत्यु

कोलोराडोखबर संवाददाता , January 23rd, 2026

नेपाल । अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्स (एनएसडब्लु) सिड्नीको पश्चिममा बिहीबार गोली चल्दा तीन जनाको मृत्यु भएको जनाइएको छ ।

आपतकालीन सेवाको सहयोगमा सिडनीको ४५० किलोमिटर पश्चिमको सानो सहर कार्गेलिगो तालमा गोली हानाहान भएकोे घटना स्थलमा सुरक्षा तैनाथ गरिएको खबर छ ।

गोली हानाहानमा दुई महिला र एक पुरुष गरी तीन जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । एक जना व्यक्तीलाई गम्भिर अवस्थामा अस्पताल लगिएको समेत प्रहरीले जनाएको छ । प्रहरीले सर्वसाधारणलाई यस क्षेत्रबाट टाढा रहन र स्थानीय बासिन्दालाई घरभित्रै बस्न आग्रह गरेको छ ।

बन्दुकधारी “संदिग्ध घरेलु हिंसा आक्रमण”पछि हतियार लिएर सहरमा छिरेको विश्वास गरिएको सिड्नी मर्निङ हेराल्ड अखबारले जनाएको छ । प्रहरीले बन्दुकधारीलाई पत्ता लगाउन खोजी गरिरहेको अखबारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्