७ माघ २०८२, बुधबार

अन्तर्राष्ट्रिय पदक विजेता सरिनालाई घले समाज युकेको सम्मान

कोलोराडोखबर संवाददाता , January 21st, 2026

नेपाल । अन्तर्राष्ट्रिय पदक विजेता उमा कुङफु खेलाडी सरिना घलेलाई घले समाज युकेले नगदसहित सम्मान गरेको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै देशको प्रतिष्ठा र गौरव बढाएकोमा सरिनालाई सम्मान गरिएको नेपाल उमा कुङफु सङ्घका अध्यक्ष संजीतकुमार राईले बताउनु भयो ।

गोर्खा अभियन्ता पुष्पा राणा घले र समाजका अध्यक्ष रिटायर्ड मेजर विष्णुबहादुर घलेले सरिनालाई ल्होसारको उपलक्ष्यमा युकेमै आयोजित कार्यक्रममा चार सय पाउन्डसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गर्नु भयो।

सरिनाले युकेमा भएको दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्नु भएको थियो । सरिनाले डब्लुएमएसी ब्रिटिस ओपन च्याम्पियनसिप तथा डब्लुएमएसी इङलिस च्याम्पियनसिपमा स्वर्ण जित्नु भएको हो ।

यसअघि सरिनालाई सोही सफलताको कदर गर्दै तमु धी समाज युके, मगर एसोसिएसन युके, धादिङ–नुवाकोट समाज युके र एनआरएनए युकेले पनि सम्मान गरिसकेको अध्यक्ष राईले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्