७ माघ २०८२, बुधबार

माघे संक्रान्तिको अवसरमा कोलोराडोमा तमु समुदायका तीन महिला सम्मानित

कोलोराडोखबर संवाददाता , January 20th, 2026

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडो निवासी तमुहरूले माघे संक्रान्तिको अवसरमा एक कार्यक्रम आयोजनागरी समुदायमा अमुल्य योगदान पुर्याएका तीनजना महिला अग्रजहरूलाइ सम्मान गरेको छ ।

तमु प्ये ल्हु संघ अमेरीकाको आयोजनामा एक समारोह बिच उनिहरूलाइ सम्मान गरिएको हो । यसरी सम्मानित हुनेहरूमा बिभाग प्रमुख पार्वती गुरूङ, सन् १९९६ को एटलान्टा ओलम्पिकमा स्विमिङ विधामा नेपाल प्रतिनिधित्व गर्ने खेलाडी निस्मा र गुरुङ चलचित्र नायिका मोहिनी गुरुङ रहेको रहेका छन् । उनिहरूलाइ तमु संस्कृति अनुसार क्रमु ओडाई सम्मान गरिएको तमु प्ये ल्हु संघ अमेरीकाको उपाध्यक्ष सन्तोष क्रोम्छे तमु बताएका छन् ।

तमु प्ये ल्हु संघ अमेरीकाको अध्यक्ष चक्रबहादुर गुरूङको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष ढकबहादुर ल्हेगे तमु स्वागत तथा शुभकामना मन्तब्य दिएका थिए । संस्थाका बुद्दिजिवि मिन बहादुर क्रोम्छ तमुबाट माँ ङि त्हे पर्वको धार्मिक महत्व, एैतिहसिक पक्ष माथि प्रकाश परेका थिए ।

तमु जातीको पुर्खौली धर्म, बोन धर्म अनुसार माघे संक्रान्ती (माँ ङिँ त्हे) पनि एक महत्वपुर्ण चाड पर्व मध्यमा पर्दछ । तमु जातिको मौलिक संस्कार सँस्कृति, परम्परा, भाषा, भेषभुषा तथा ऐतिहासिक संरचना तथा पृष्ठभूमिको संरक्षण, सम्बर्धन तथा पवर्धनको लागि जन्मदेखि मृत्यु सम्मका संस्कार र परम्परा तथा प्राचिन पौराणिक जातिया सांस्कृतिका धनी, तमु जातीको आफ्नै रितिरिवाज, चाड पर्ब सम्बन्धि आफ्नै बिशिष्ट परम्परा अझैसम्म जीवित रहेको छ । तमु जातीको पुर्खौली धर्म, बोन धर्म अनुसार माघे संक्रान्ती पनि एक महत्वपुर्ण चाड पर्व मध्यमा पर्दछ । माँ ङिँलाइ तमुहरू परममाताको रूपमा पुज्दछन् । यस दिन वहांको नाममा पुजा गरेर आफ्ना चेलीबेटीहरुलाई माना चामल दिने र माया सद्भाव बाड्ने चलन रहिआएको छ ।

कार्यक्रममा ओलम्पिक खेलाडी निस्मा गुरुङले ओलम्पिकमा स्विमिङ विधामा नेपाल प्रतिनिधित्व गर्दाको अनुभब बाँडेकी थिइन् । उनले भब्य कार्यक्रम आयोजना गरेर आफुहरूलाइ सम्मान गरेकोमा सबैलाई धन्यबाद दिएकी थिइन् ।

तमु समुदायको इतिहास, संस्कार र एकता सँग जोडिएको छ । प्ये मा आपा कर्भ कथा मा छोराहरु बाट प्ये को सम्रछण नदेखे पछि छोरीलाइ ज्ञान दिएको र पछि त्यो छोरी ले आफ्ना भाइलाई हस्तान्तरण गरेर ज्ञान बिद्या सुरक्षित गरेको कथन रहेको छ । यस समुदायमा विशेषगरी मृत्यु संस्कारमा चेलीको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । तमु चलनअनुसार मैतालु बोक्ने, प्रसाद ल्याउने र सबैलाई चोख्याएर मात्र कार्य सुरु र समाप्त गर्ने जिम्मा चेलीको हुन्छ । यसकारण, री च्हमी एक घरकी मात्र होइनन्, सम्पूर्ण कुल र समाजका लागि सम्मानयोग्य र अपरिहार्य व्यक्तित्व हुन् ।

चन्द्र ल्हेगे तमुबाट संचालित कार्यक्रममा संस्थाका सह कोषाध्यक्ष बिनोद टु क्लेप्री तमुबाट गत ल्होसारको आय व्यय प्रस्तुत गरिएको थियो । संस्थाका अध्यक्ष तथा कार्यक्रम का सभापतिबाट कार्यक्रम उपस्थित बिक्रम तमु , सपना तमु , बिस्नु तमु र बिपना तमुहरुलाई फुल दिई स्वागत गरेका थिए । उनले ल्होसार आ आफ्नो भूमिका नीभाउनु हुने सम्पूर्ण सदस्यहरुलाई हार्दिक अभार प्रकट गरे । उक्त ल्होसार कार्यक्रमको सांस्कृतिक प्रसंशा गर्दै सम्पूर्ण कलाकारहरूलाइ धन्यवाद ददै औपचारिक कार्यक्रम समापन गरेका थिए ।

दोश्रो चरणको कार्यक्रममा बिभिन्न मनोरन्जनात्मक खेलहरु खेलाइएको थियो । कार्यक्रम चन्द्र ल्हेगे तमुले सन्चालन गरेका थिए । राम तमु, कैलाश तमु, बिनोद तमु, सहायक भुमिका निभाएका थिए खेलकुद प्रतियोगिताका बिजेता तथा उपबिजेता टिमहरुलाई संस्थाका अध्यक्षबाट नगद पुरस्कार बितरण गरिएको थियो । प्रतियोगिता पश्चात रात्री भोजसंगै नाचगानका साथ सम्पन्न भएको उपाध्यक्ष सन्तोष क्रोम्छे तमु बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्