अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशन आगामी मार्च १४ देखि १६ सम्मका लागि सारिएको छ ।
एनआरएनए अन्तर्गतको स्टेरिङ कमिटीको शुक्रबार बसेको बैठकले १२औँ एकता महाधिवेशन काठमाडौँस्थित होटल सोल्टीमा आयोजना गर्ने निर्णय गरेको छ।
बैठकले महेश कुमार श्रेष्ठ समूहलाई सदस्यता बन्न थप अवसर दिन सदस्यता वितरणको म्याद २५ जनवरीसम्म सार्ने निर्णय गरेको छ । साथै, सो समूहले प्रस्ताव गर्ने पञ्जीकृत सदस्यहरूको प्रमाणीकरण ३१ जनवरीसम्म एमआरएस प्रणालीमार्फत गर्ने निर्णय गरिएको छ ।
महाधिवेशनअघि राष्ट्रिय समितिहरूमा देखिएका विवाद अन्त्य गर्न विवादित राष्ट्रिय समितिसँग छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ।
गत नोभेम्बर ३० मा प्रधानमन्त्री सुशील कार्कीको उपस्थितिमा डा. बद्री केसी र महेशकुमार श्रेष्ठ नेतृत्वका दुई समूहबीच ऐतिहासिक एकता भएको थियो । सो एकतापछि गठित स्टेरिङ कमिटीलाई मार्च महिनाभित्र अनिवार्य रूपमा बृहत् एकता महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको छ ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्