६ माघ २०८२, मंगलवार

स्पेनमा दुईवटा तीव्र गतिका रेल आपसमा ठोक्किँदा कम्तीमा २० जनाको मृत्यु

कोलोराडोखबर संवाददाता , January 20th, 2026

अमेरिका । दक्षिणी स्पेनमा दुईवटा तीव्र गतिका रेल आपसमा ठोक्किँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । ७३ जनाभन्दा बढी घाइते भएका छन् । दुर्घटना कोर्डोवा प्रान्तको आदमूज नजिकै भएको हो, जसका कारण म्याड्रिड र अन्डालुसियाबीचको रेल सेवा स्थगित गरिएको छ ।

मालागाबाट म्याड्रिड जाँदै गरेको एउटा रेल लिकबाट बाहिर निस्केर विपरीत दिशाबाट आइरहेको अर्को रेलसँग ठोक्किएको थियो । सञ्चारमाध्यमका अनुसार दुर्घटनाको समयमा दुवै रेलमा गरी करिब ५०० यात्रु सवार थिए ।

स्पेनिस रेल अपरेटर एडीआईएफले आइतबार दक्षिणी स्पेनमा यो भयानक दुर्घटना भएको पुष्टि गर्दै मृतकको संख्या अझै बढ्नसक्ने आशंका गरेको छ ।

७३ घाइतेहरूलाई उपचारका लागि ६ वटा छुट्टाछुट्टै अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्