४ माघ २०८२, आईतवार

निर्वाचनको लागि टिकट बाँड्न सभापति गगन थापाको संयोजकत्वमा १३ सदस्यीय बोर्ड गठन

कोलोराडोखबर संवाददाता , January 18th, 2026

नेपाल । नेपाली कांग्रेसले सभापति गगन थापाको संयोजकत्वमा संसदीय बोर्ड गठन गरेको छ । आगामी फागुन २१ मा हुने निर्वाचनको लागि टिकट बाँड्न १३ सदस्यीय बोर्ड गठन गरिएको हो ।

बोर्डमा सभापति गगनकुमार थापाको नेतृत्वमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीलगायत सदस्य रहने गरी बोर्ड गठन गरिएको हो ।

काँग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको आजको बैठकले बोर्ड गठनका साथै २१ फागुनमा हुने निर्वाचन केन्द्रित हुने गरी छलफल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्