नेपाल । बिहीबार विशेष महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण अध्यावधिक गर्न निर्वाचन आयोग पुगेका छन् ।
सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा आयोगमा पुगेका हुन् । बिहान बसेको बैठकले आयोगमा विवरण अद्यावधिक गर्ने निर्णय गरेको थियो ।
कांग्रेस केन्द्रीय समिति बैठकले देवराज चालिसेलाई प्रवक्ता नियुक्त गरेको छ ।
पहिलो बैठकबाट आगामी फागुन २१ मा तय गरिएको निर्वाचनको तयारी लगायतका विविध विषयमा छलफल भएको थियो ।
पार्टीको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएकाले कागजात अद्यावधिक गर्ने लगायतका कार्यका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । उनीहरूले दलको विधानअनुसार विशेष महाधिवेशन सम्पन्न भएको र नयाँ नेतृत्व पनि चयन गरेको जानकारी गराएका छन् ।
कांग्रेस विशेष महाधिवेशनले थापाको नेतृत्वमा बुधबार राति पदाधिकारी र केन्द्रीय समिति सर्वसम्मत चयन गरेको थियो । आयोगले उनीहरूको निवेदन स्वीकार गरेर अद्यावधिक गरेमा उनीहरू वैधानिक रूपमा नेपाली कांग्रेस हुनेछन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्