२९ पुष २०८२, मंगलवार

इन्डियन आइडल विजेता गायक प्रशान्त तामाङको निधन

कोलोराडोखबर संवाददाता , January 12th, 2026

नेपाल । इन्डियन आइडल विजेता गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।

आइतबार दिल्लीस्थित आफ्नै निवासमा उनको निधन भएको हो । दिल्लीको आफ्नै अपार्टमेन्टमा हृदयघातबाट उनको निधन भएको हो ।

४३ वर्षीया इन्डियन आइडल विजेतासमेत रहेका तामाङ नेपाली फिल्ममा गायनसँगै अभिनयमा पनि सक्रिय थिए ।

उनका ‘वीर गोर्खाली’ र ‘असारे महिनामा’ चर्चित गीतहरू छन् । उनको सोमबार दार्जिलिङमा सम्मानसहित अन्त्येष्टी गरिएको छ । उनको श्रीमती र १ छोरी छिन् ।

प्रतिक्रिया दिनुहोस्