२९ पुष २०८२, मंगलवार

कोलोराडोमा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनलाई स्वागत

कोलोराडोखबर संवाददाता , January 12th, 2026

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । ललितपुर महानगरपालिका चिरीबाबु महर्जनलाइ कोलोराडो निवासी नेवाः समुदायले एक कार्यक्रमको आयोजना गरि स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन् ।

ललितपुर महानगरगालिकाका र अमेरीकाको कोलोराडो स्थित City of Bromfield बिच हून गईरहेको Sister City Singing गर्नका लागि कोलोराडो आइ पुगेका ललितपुर महानगरगालिकाका मेयर चिरीबाबु महर्जनलाइ नेवाः समुदायले एक कार्यक्रमको आयोजना गरि स्वागत तथा भेटघाट गरेका हुन् ।

कोलोराडो नेवाः खलःको आयोजनामा सम्पन्न स्वागत तथा भेटघाट कार्यक्रममा ललितपुर महानगरपालिकाका वडा नम्बर १३ का अध्यक्ष गणेश केसी, हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठ नेवाः खलका पदाधिकारी तथा कोलोराडोमा सकृय नेपाली सघ संस्थाका प्रतिनिधी लगायतका महानुभावहरूको उपस्थिती रहेको थियो ।

नेवाःखलः मिसा कवःका संयोजक रमिता तुलाधरले कार्यक्रममा उपस्थित सबैलाइ स्वागत गरेकी थिइन भने हेल्पि हेण्डका अध्यक्ष नारायण श्रेष्ठले चिरीबाबुको चिनारी गराएका थिए । चिनारी गराउने क्रममा समाजसेवी नारायण श्रेष्ठले एक भद्र इमान्दार तथा कर्तब्य निष्ठ जनप्रतिनिधीको नमुना हो भन्दै, बोलेर भन्दा काम गरेर जनता माझ चिनिएका नगरप्रमुख हुन भनेका थिए ।

कोलोराडो नेवाः खलःका अध्यक्ष भुषणलाल श्रेष्ठले नेवाःखलः स्थापना कालदेखी भए गरेका मुख्य कार्यक्रमहरूको जानाकारी गराएका थिए । कार्यक्रमलाइ सम्बोधन गर्दै मेयर महर्जनले मातृभुमी देखी सात समुन्द्र टाढा बसोबास भएर पनि आफ्नो भाषा संस्कृती परंपरा बचाउन निरन्तर सकृय रहेको देख्दा ज्यादै खुसी लागेको भन्दै नेवाः खलःलाइ धन्यवाद दिए ।

छोटो समयमा पनि कार्यक्रम आयोजना गरी आफुलाइ नेपाली समुदायबिच साक्षतकार हुने मौका दिएकोमा खुसी लागेको भन्दै नेपाल आउदा ललितपुर महानगरपालिको बर्तमान अवस्था अवलोकन गर्न सबैलाइ अनुरोध गरे । आफु यहां स्थित ब्रुमफिल सिटी संग सिष्टर सिटी भएपछि केही पाइन्छ कि भन्ने आसले नभै एक आपसमा संस्कृती, सभ्यता आदान प्रदान गर्ने उद्देश्यले आएको प्रष्टयाए । उनले ललितपुर महानगरपालिका यस अघि नै कोरीयाको छेयरोन सिटी र रसियाको Ulan Ude सिटीहरू संग भगीनी सम्बन्धमा आबध्द भइ सकेको र जनवरी १३ सोमबार ब्रुमफिल सिटीका मेयर Guyleen Castriotta संग सिष्टर सिटी Singing गरेपछि बिश्वका तिनदेशका शहरहरूसंग भगीनी सम्बन्धमा आबध्द हुने बताए ।

ललितपुर महानगरपालिकाको मेयरमा दोश्रो कार्यकाल बिताइ रहेका महर्जनले भगिनी सम्बन्ध अन्तराष्ट्रिय शहरहरू संगमात्र नभै मातृभुमी कै दुर्गम नगरपालिकाहरू चन्दननाथ नगरपालिका जुम्ला, सारदा नगरपालिका सल्यान, भिमेश्वर नगरपालिका दोलखा, चैनपुर नगरपालिका संखुवासभा लगायतका ६ नगरपालिकाहरू संगपनि भगिनी सम्वन्ध रहेको बताए । कार्यक्रममा उनले बिनासकारी भुकम्पबाट तहस नहस भएको सम्पदाहरू पुननिर्माण गर्न केन्द्रिय बजेटको आसा नगरी स्थानिय श्रोत र साधन जुटाइ सबै जस्ताको तस्तै बनाइ सकेको भन्दै इच्छा , चाहना र स्वच्छ मन भए सबैको साथ र सहयोग हुने बताए ।

छिमेकी राष्टहरूले नेपालको सम्पदाको सिकोगरी विश्व सम्पदा सुचिमा आफ्नो सम्पदा भनी नाम लेखाइ सक्दा अनेकौं सम्पदाले सम्पन्न नेपाल भने राष्ट्रिय पहल नपुग्दा पछाडी परिरहेको भन्दै नेवारी परिकार योमरीलाई अमूर्त राष्ट्रिय भौतिक सम्पदाको रूपमा दर्तागराउन युनेस्को संग पहल भइरहेको बताए । सन् १९७९ देखी युनेस्कोको सदस्य रहेको ललितपुर महानगरपालीका अन्तर्गत पाटन दरवार स्क्यायर बिश्व सम्पदा सुचिमा समावेश रहेको छ ।

कार्यक्रममा नेवाःखलःका तर्फबाट मेयर चिरीबाबुलाइ खादा, फुलकागुच्छा तथा मायाँको चिनो प्रदानगरी स्वागत र सम्मान गरिएको थियो । समारोहमा महानगरपालिकाको तर्फबाटपनि मेयर चिरीबाबुले खलःका अध्यक्षलाइ भुषणलाल श्रेष्ठलाइ मातृभुमीको कोशेली हस्तान्तरण गरेका थिए ।

नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा शनिबार दिउसो २ बजेदेखी सांझ ५ बजेसम्म सञ्चालित कार्यक्रमा मेयर महर्जनलाइ धिमेबाजा प्रर्दशन गराइएको थियो । कार्यक्रमा सहभागीहरूले मेयर समक्ष आगामी राजनैतिक यात्रा, काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेनसंगको सम्वन्ध, नगरपालीकाको लोपअन्मुख सम्पदाको संरक्षमा भावीयोजना लगायतका जिज्ञासा राखेका थिए । कार्यक्रम खलःका महासचिव संजय शाक्यले संचालन गरेका थिए । यसअघी नै कोलोराडोका दुइवटा शहरहरू बोल्डर र सुपरियर सिटी क्रमशः काठमाडौं महानगरपालिका र शंखुवासभाको खादबारीसंग भगीनी संम्बन्धमा आवद्द भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्