नेपाल । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा सबै प्रदेशका सभापतिलाई अनिवार्य उपस्थित हुन आह्वान गरिएको छ ।
यता इतरपक्षले विशेष महाधिवेशनको तयारीलाई अन्तिम चरणमा पुर्याएको छ । आइतबार काठमाडौंको भृकटीमण्डपमा उद्घाटन गर्न लागिएको विशेष महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको हो । विशेष महाधिवेशन पक्षधरले शनिबार दिउँसो पदयात्रा कार्यक्रम आयोजना गरेका छन् ।
दिउँसो १ बजे भृकुटीमण्डमा पुरु गरेर बागबजार हुँदै पुनः भृकुटीमण्डमा पुगेर पदयात्रा समापन गर्ने तालिका छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्