२६ पुष २०८२, शनिबार

एनआरएनएको पहलमा दुई विद्यार्थीले पाए एमबिबिएसको पूर्ण छात्रवृत्ति

कोलोराडोखबर संवाददाता , January 9th, 2026

नेपाल । दुई जना विद्यार्थीले उज्वेकिस्तानको इन्टरनेशनल युनिभर्सिटीका लागि एमबिबिएसको पूर्ण छात्रवृत्ति पाएका छन् । छात्रवृत्ति पाउनेमा २१ वर्षीया भावना रेग्मी र २१ वर्षीय सचिन कुमार प्रजापति छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) र एसिया इन्टरनेसनल युनिभर्सिटीको सम्झौता अनुसार दुई जना विद्यार्थीले छात्रवृत्ति पाएका हुन् ।

बिहीबार एनआरएनए कार्यालयमा आयोजित एक कार्यक्रमको बीचमा रेग्मी र प्रजापतिलाई छात्रवृत्ति हस्तान्तरण गरिएको हो ।

एनआरएनएका अनुसार एमबिबिएस छात्रवृत्ति अन्तर्गत शैक्षिक शुल्क, होस्टल शुल्क, भोजन शुल्क, भिसा शुल्क, बीमा शुल्क तथा नेपालबाट उज्बेकिस्तान प्रारम्भिक यात्रा र अध्ययन सम्पन्न भएपछि नेपाल फर्किने हवाईजहाजको भाडा ९एक पटकका लागि० एसिया इन्टरनेसनल युनिभर्सिटीले व्यहोर्ने व्यवस्था गरिएको छ ।

एनआरएनए र एसिया इन्टरनेसनल युनिभर्सिटीको सम्झौता अनुसार अध्ययन अवधिमा कुनै पनि परीक्षामा अनुत्तीर्ण भएमा छात्रवृत्ति स्वतः रद्द हुने र त्यसपछिका सम्पूर्ण खर्च सम्बन्धित विद्यार्थी स्वयंले व्यहोर्नुपर्नेछ ।

छात्रवृत्ति प्राप्त विद्यार्थीहरूले एसिया इन्टरनेसनल युनिभर्सिटी, उज्बेकिस्तानबाट अध्ययन सम्पन्न गरेपछि नेपाल सरकारले उपलब्ध गराएमा वा तोकेको स्थानमा अनिवार्य रूपमा दुई वर्ष सेवा गर्नुपर्ने शर्त राखिएको छ ।

यस सम्पूर्ण प्रक्रियालाई सफल बनाउन महत्वपूर्ण र निर्णायक भूमिका निर्वाह गरेको भन्दै एनआरएनए केन्द्रीय सदस्य तथा विश्वविद्यालयका डिन डा।किशान भण्डारीलाई एनआरएनएले विशेष धन्यवाद समेत भनेको छ ।

प्रतिक्रिया दिनुहोस्