२६ पुष २०८२, शनिबार

रास्वपाद्वारा प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवार छनौटको प्रक्रिया शुरु

कोलोराडोखबर संवाददाता , January 8th, 2026

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवार छनौटको प्रक्रिया शुरु गरेको छ ।

रास्वपाले पार्टीको आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन उम्मेदवारी दिने अन्तिम समय पौष २६ गते राति १२ बजे सम्म तोकेको छ भने उम्मेदवारी राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल एप मार्फत दिन सकिने जनाएको छ ।

उम्मेदवारको आवेदन शुल्क २५ हजार तोकिएको छ । साथै आर्थिक अभावका कारण आवेदन शुल्क तिर्न नसक्ने अवस्था भएमा सम्बन्धित सरकारी निकायले जारी गरेको विपन्नताको परिचयपत्र, पार्टी पालिका समितिबाट जारी सिफारिस पत्रका आधारमा सचिवालयले अन्तिम निर्णय गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्