१९ पुष २०८२, शनिबार

इन्धनको मूल्य घटेसँगै नेपालमा आन्तरिकतर्फको हवाई भाडा घट्यो

कोलोराडोखबर संवाददाता , January 3rd, 2026

नेपाल । इन्धनको मूल्य घटेसँगै आन्तरिकतर्फको हवाई भाडा पनि घटाइएको छ । एक रुपियाँ मात्रै पनि तलमाथि हुँदा स्वचालित रूपमा थपघट हुने इन्धनको मूल्य यसपालि प्रतिलिटर छ रुपियाँका दरले घटेपछि देशका अधिकांश गन्तव्यको हवाई भाडा घटाइएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यसअघि प्रतिलिटर १३४ रुपियाँ रहेको हवाई इन्धनको मूल्य घटेर १२८ रुपियाँ कायम भएपछि सुगम र दुर्गमतर्फको हवाई भाडा समायोजन गरिएको छ । नयाँ भाडादर अनुसार शुक्रबारदेखि फ्युल सरचार्ज प्रतिसिट प्रतिमिनेट ६८.९ रुपियाँ तोकिएको छ ।

काठमाडौँबाट सबैभन्दा टाढाको गन्तव्य धनगढीको भाडा सबैभन्दा धेरै घटेको छ । यस उडानमा २६५ रुपियाँ घटेर पाँच हजार ६५५ रुपियाँ भाडा कायम गरिएको छ । त्यस्तै सबैभन्दा कम काठमाडौँ–सिमरा रुटमा ५५ रुपियाँले हवाई भाडा घटेको छ ।

प्रतिक्रिया दिनुहोस्