अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) को फेब्रुअरीमा हुने १२औँ महाधिवेशनका लागि विश्वभर सदस्यता वितरण खुला गरिएको छ ।
यसअघि सदस्यता लिन छुटेका व्यक्तिहरूले Smart NRNA App डाउनलोड गरी जनवरी ९ तारिखसम्म सदस्यता लिन संघले आग्रह गरेको छ । संघका उपाध्यक्ष डा. हेमराज शर्माका अनुसार बृहत् एकताको सहमतिअनुसार संसारभरिका सबै सक्रिय राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूमा एनआरएनए सदस्यता खुला गरिएको हो ।
फेब्रुअरी २२–२५ सम्म आयोजना हुने १२औँ महाधिवेशनका लागि प्रतिनिधि बन्न तथा उम्मेदवार बन्न अनिवार्य रूपमा सदस्यता लिनुपर्ने व्यवस्था गरिएको छ ।
स्मार्ट एनआरएनए एप बाहेक अन्य पोर्टलमार्फत सदस्य बनेकाहरूको विवरण सम्बन्धित देशमा बसोबास गरेको प्रमाणका कागजातसहित सम्बन्धित एनसीसीबाट प्राप्त भएपछि एमआरएस प्रणालीमा एकीकृत गर्ने सहमति भएको छ ।
हाल एकीकृत हुन बाँकी जम्मा २० वटा एनसीसी रहेका छन् । विभाजन रहेका राष्ट्रिय समितिहरूको एकताका लागि गंगाधर गौतमको संयोजकत्वमा ‘एनसीसी एकता सहजीकरण समिति’ गठन गरिएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्