११ पुष २०८२, शुक्रबार

आगामी निर्वाचन नयाँ शक्ति उदयको प्रस्थान बिन्दुः कुलमान

कोलोराडोखबर संवाददाता , December 26th, 2025

नेपाल । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले फागुन २१ गतेको निर्वाचनलाई नयाँ शक्ति उदयको प्रस्थान बिन्दु बनाउनुपर्ने बताएका छन् ।

बिहीबार उज्यालो नेपाल पार्टीको कार्यालय उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले फागुन २१ को चुनावलाई चुनावको रूपमा मात्रै लिन नहुनेमा बताए । जेनजी आन्दोलनबाट स्थापित भएको सरकारले तोकिएको समयमा नै निर्वाचन गर्ने उल्लेख गर्दै उनले देशमा चुनावको माहौल बनिरहेको पनि दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्