नेपाल । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आफू पार्टी राजनीतिमा आएको बताउँदै सहकार्य गर्न जेनजी अगुवाहरूसँग आग्रह गरेका छन ।
बिहीबार ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको घरमा भएको छलफलका क्रममा उनले जेनजीहरूसँग यस्तो बताएका हुन् । जेनजी अगुवा रक्षा बमको नेतृत्वमा पुगेको टोलीसँग केहीबेर कुराकानी गर्दै मेयर साहले यस्तो बताएका हुन् ।
जेनजी अगुवा युजनराज भण्डारीका अनुसार, मेयर शाहले सबै जेनजीहरू एकजुट भएर आउन पनि मेयर शाहले आग्रह गरेका छन् ।
मेयर शाहले निरन्तर राजनीतिक संवाद चलाएका छन् । बिहीबार मात्र उनले रास्वपा सभापति रवि लामिछानेदेखि अन्य दलका नेता एवं निवर्तमान सांसदसँग छलफल गरेका छन् । बालेनलाई भेट्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि पुगेका थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्