१० पुष २०८२, बिहीबार

एनआरएनए स्टेरिङ कमिटीको तेस्रो बैठकमा बृहत् महाधिवेशन र निर्वाचन प्रक्रियाबारे छलफल

कोलोराडोखबर संवाददाता , December 25th, 2025

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीको तेस्रो बैठक डिसेम्बर २३, २०२५ मंगलबार सम्पन्न भएको छ ।

संघका पूर्वअध्यक्ष बिनोद कुँवरको अध्यक्षतामा तथा महासचिव बाबुराम (बीआर) लामाद्वारा सञ्चालित उक्त बैठकमा आगामी १२औँ बृहत् महाधिवेशन र निर्वाचन प्रक्रिया केन्द्रित महत्वपूर्ण छलफल तथा निर्णयहरू गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्