९ पुष २०८२, बुधबार

आयोगले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठायो

कोलोराडोखबर संवाददाता , December 24th, 2025

नेपाल । जेनजी आन्दोलन घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ ।

आयोगले लेखकलाई सात दिनभित्रमा उपस्थित हुन पत्र पठाएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिनुभयो ।

गत भदौ २३ गते जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री हुनुहुन्थ्यो । जेनजी प्रदर्शनको पहिलो दिन भदौ २३ गते प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि उहाँले सोही दिन गृहमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।

यसअघि जाँचबुझ आयोगले सबै सुरक्षा प्रमुखसहित मुख्य सचिव, गृहसचिव, सुरक्षा निकायका प्रमुखलगायत एक सय जनाभन्दा बढीसँग सोधपुछ तथा बयान लिइसकेको छ ।

यता जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वप्रहरी प्रमुख चन्द्रकुबेर खापुङ र सहसचिव छविलाल रिजालमाथि लगाएको स्थानहद फुकुवा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्