नेपाल । शुक्रबारदेखि देशभरका हलमा नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’ प्रदर्शनमा आएको छ ।
‘झरीपछिको इन्द्रेणी’ पारिवारिक कथावस्तु रहेको चलचित्र भ्रष्टाचारविरुद्ध लड्ने पात्रको कथावस्तुमा आधारित छ । अर्जुन घिमिरे (पाँडे) चलचित्रमा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन र पाँडेलगायतका कलाकारको अभिनय रहेको छ ।
नागराज इन्टरटेनमेन्ट प्रालिले निर्माण गरेको चलचित्रको कथा निर्देशक स्वयंले लेख्नुभएको हो । पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेको सहकार्य रहेको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्