४ पुष २०८२, शुक्रबार

एनआरएनएले क्षेत्रीयस्तरमा अन्तरक्रिया र संवाद कार्यक्रम आयोजना गर्दै

कोलोराडोखबर संवाददाता , December 18th, 2025

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एकताको सन्देश दिन क्षेत्रीयस्तरमा अन्तरक्रिया र संवाद कार्यक्रम आयोजना गर्ने भएको छ ।

संघले फेब्रुअरी महिनामा हुने अधिवेशनको तयारी र हालै सम्पन्न भएको एकताको बारेमा जानकारी दिने उद्देश्यले डिसेम्बर १९, २० र २१ मा भर्चुअल अन्तरक्रिया तथा संवाद कार्यक्रम आयोजना गर्ने भएको हो ।

कार्यक्रमलाई संघका अध्यक्ष डा. बद्री केसी र महेश श्रेष्ठले संयुक्त रूपमा सम्बोधन गर्ने भएका छन् । यस कार्यक्रममार्फत विश्वभरका नेपाली समुदायलाई एकताको सन्देश दिने र सहकार्यमा जोड्ने विश्वास गरिएको छ ।

मध्यपूर्व तथा अफ्रिका क्षेत्रको कार्यक्रम डिसेम्बर १९ गते बेलुका ७ बजे आयोजना हुने छ । एशिया–प्रशान्त तथा ओसिनिया क्षेत्रको कार्यक्रम डिसेम्बर २० गते दिउँसो ३ बजे र अमेरिका तथा युरोप क्षेत्रको कार्यक्रम डिसेम्बर २१ गते साँझ ५ बजे सञ्चालन गरिनेछ ।

बृहत एकता सम्बन्धी क्षेत्रीय अन्तरक्रिया तथा संवाद कार्यक्रम
नेपालीका लागि नेपाली Non-Resident Nepali Association (NRNA) को आयोजनामा बृहत एकता सम्बन्धी क्षेत्रीय अन्तरक्रिया तथा संवाद कार्यक्रम
कार्यक्रम विवरण (नेपाल समय अनुसार):
मध्यपूर्व तथा अफ्रिका क्षेत्र
डिसेम्बर १९ : बेलुका ०७ बजे
एशिया प्रशान्त तथा ओसिनिया क्षेत्र
डिसेम्बर २०: दिउँसो ०३ बजे
अमेरिकाज तथा युरोप क्षेत्र
डिसेम्बर २१: साँझ ०५ बजे
Zoom Meeting
Meeting ID: 952 2215 9724
Passcode: 2025

प्रतिक्रिया दिनुहोस्