अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्टबाहकलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नु भएको छ ।
यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशको सङ्ख्या करिब ४० पुगेको छ । यसका साथै पश्चिमी देशबाट हुने नियमित यात्रामासमेत नियम थप कडा पारिएका छन् ।
आप्रवासनप्रति कठोर दृष्टिकोणलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डा बनाउँदै आउनु भएका राष्ट्रपति ट्रम्पले सामूहिक निर्वासनको आदेश जारी गरिसक्नु भएको छ ।
पूर्ण यात्रा प्रतिबन्धमा परेका नयाँ देशमा अफ्रिकाका बुर्किना फासो, माली, नाइजर, सिएरा लियोन र दक्षिण सुडान, साथै दक्षिणपूर्वी एसियाको लाओस रहेका छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्