नेपाल । प्रतिनिधि सभा निर्वाचनको लागि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा चार जिल्लाबाट सिफारिस भएका छन् । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उनी काठमाडौँ, सर्लाही, धनकुटा र रोल्पाबाट सिफारिस भएका हुन् ।
उनको पुरानो क्षेत्र काठमाडौँ ४ बाट उनी प्रत्यक्षतर्फ सर्वसम्मत एकल एम्मेदवारका रुपमा सिफारिस भएको क्षेत्रीय सभापति श्याम संगतले जानकारी दिए ।
कांग्रेस केन्द्रीय कार्यालयले जिल्ला जिल्लाका निर्वाचन क्षेत्रमा आपसी सहमतिमा यही बिहीबार २५ गतेसम्ममा नाम सफारिस गर्न आग्रह गरेअनुसार अहिले धमाधम नाम सिफारिस भइरहेको हो ।
सो क्रममा महामन्त्री थापाको नाम काठमाडौँ, सर्लाही, धनकुटा र रोल्पाबाट सिफारिस भएको हो ।
उनलाई सर्लाहीको क्षेत्र नम्बर ४ बाट सिफारिस गरिएको हो । धनकुटाबाट पनि उनी सिफारिसमा परेका छन् । जिल्ला कार्यसमिति बैठकले थापाको नाम प्रत्यक्षतर्फ एक नम्बरमा राखेर सिफारिस गरेको हो ।
त्यस्तै रोल्पाबाट महामन्त्री थापासँगै लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणि आचार्य, डा मन्दिप सुवेदी र ज्ञानबहादुर ओलीको नाम सिफारिस गरिएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्