२१ मंसिर २०८२, आईतवार

अमेरिकी दूतावासको सहयोगमा ऐतिहासिक येँगा हिटीको जीर्णोद्धार

कोलोराडोखबर संवाददाता , December 7th, 2025

नेपाल । अमेरिकी दूतावासको सहयोग र नेपाल सरकार, चिभा चैत्य अर्गनाइजेसन तथा वर्ल्ड मोन्यूमेन्ट्स फन्डसँग साझेदारीमा काठमाडौंको लगनमा अवस्थित ऐतिहासिक येँगा हिटीको सफल जीर्णोद्धार सम्पन्न भएको छ ।

सो जीर्णोद्धार कार्य “काठमाडौं उपत्यकाका हिटीः जलसम्पदा पुनर्स्थापना परियोजना” को एक महत्वपूर्ण हिस्सा हो ।

अमेरिकी राजदूतको सांस्कृतिक संरक्षण कोषबाट प्राप्त २ लाख ७५ हजार अमेरिकी डलरको सहयोगमा, यस परियोजनाले काठमाडौं उपत्यकामा कम्तीमा तीनवटा परम्परागत हिटीहरूको जीर्णोद्धार गर्ने, विद्यार्थी तथा सम्पदाकर्मीहरूलाई व्यावहारिक तालिमका अवसरहरू प्रदान गर्ने, र दीर्घकालीन संरक्षण योजना निर्माणमा सहयोग गर्ने लक्ष्य राखेको छ ।

यी परम्परागत जीवन्त जलस्रोत प्रणालीहरूको जीर्णोद्धारमार्फत अमेरिका र नेपालले नेपालको सांस्कृतिक सम्पदाको महत्वपूर्ण अंश भावी पुस्ताका लागि जोगाइरहेका छन् ।

नेपालमा सञ्चालन हुने AFCP परियोजनाहरूले अमेरिकी–नेपाली सम्बन्ध सुदृढ गर्नुका साथै नेपाली तथा अमेरिकी पर्यटक र व्यवसायहरूका लागि दिगो पर्यटनलाई समर्थन गर्ने, सांस्कृतिक संरक्षण तथा आर्थिक वृद्धिमा योगदान पुर्‍याउने, र दुवै देशका समुदायहरूलाई फाइदा हुने शैक्षिक सहकार्यलाई प्रवर्द्धन गर्ने कार्य गर्छन् ।

फोटोः अमेरिकी दूतावास ।

प्रतिक्रिया दिनुहोस्