नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।
उनले हिमालय टेलिभिजनको कार्यक्रम यक्षप्रश्नमा अन्तर्वार्ताको क्रममा आफू सभापति पदका उम्मेदवार हुने स्पष्ट बताएका हुन् ।
यस्तै, अन्तर्वार्ताका क्रममा थापाले चुनावमा जानुअघि सर्वपक्षीय सहमतिका लागि केही प्रस्तावहरू अघि सारेका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म हुने तय गरिएको छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्