नेपाल । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलगायत छ जनाविरूद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।
बुधबार र बिहीबार अख्तियारको हिरासतमा रहने र शुक्रबारबाट मुद्दाको बहस शुरू गरिने अदालत स्रोतले जानकारी दिएको छ ।
भक्तपुरको नलिन्चोक हेलीप्याड निर्माणको क्रममा भ्रष्टाचार गरेको आरोपमा १३ करोड ५७ लाख विगो दाबी गरिएको छ ।
नलिञ्चोकमा हेलिपोर्ट निर्माण प्रक्रियामा व्यापक अनियमितता र कानूनी प्रावधान उल्लङ्घन भएको ठहर गर्दै आयोगले उनीहरु विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको आयोगको विज्ञप्तीमार्फत जानकारी दिइएको हो ।
महानिर्देशक अधिकारीसहित मुरारी भण्डारी, नल विक्रम थापा, समृद्धि श्रेष्ठ, गुरुदत्त अधिकारी तथा अभियन्त्र कन्सल्टिङ प्रालिका व्यवस्थापक विजय थापामाथि भ्रष्टाचार ऐन अनुसार सजाय माग्दै आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्